विश्वास ढकालसँगको कुराकानी | #GEW2021 विशेष
Listen now
Description
नेपाली information technology को क्षेत्रमा F1Soft लाई एउटा अग्रणी कम्पनी मानिन्छ । सन् २००४ मा स्थापना भएदेखि नै F1Soft ले विभिन्न प्रकारका डिजिटल products र सेवाहरू मार्फत नेपालीहरूको जीवन सहज र सरल बनाउन लागी परेको छ । F1Soft अन्तर्गतकै सन् २००६ मा सुरू भएको eSewa मोबाइलबाट पैसा पठाउने, पाउने सेवाको पर्यायवाची जस्तै नै भएको छ । Financial technology मा  हासिल गरेको सफलता पश्चात हाल F1Soft ले अन्य क्षत्रहरूमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको छ । आजको एपिसोडमा हामी F1Soft का अध्यक्ष र Chairperson विश्वास ढकालसँग कुराकानी गर्दैँ छौँ । यस एपिसोड Global Entrepreneurship Week २०२१ को उपलक्ष्यमा प्रस्तुत गरिएको हो । यस वर्षको Global Entrepreneurship Week २०२१ November 8 तारिख देखि November १४ सम्म मनाउदैँ छौँ । विश्वभरका उद्यमीहरू, लगानीकर्ताहरू, नवप्रवर्तकहरू, जो आफ्नो समाजमा भएका अनेकौँ  समस्याहरूको समाधान खोज्न तल्लीन छन् र उहाँहरूका प्रयासहरू र सफलता र सँघर्षका कथाहरूलाई celebrate गर्ने, उहाँहरूलाई थप उत्साह र उर्जा दिने उद्देश्य सहित मनाइने यस उद्यमशीलताको पर्वलाई हामी यस वर्ष पनि मनाउदैँछौँ । Global Entrepreneurship Week २०२१ कै उपलक्ष्यमा हामी नेपाली उद्यमशीलता जगतमा सफलताका नयाँ उचाईहरूलाई पुग्न सक्षम तीन उद्यमीहरूसँग  कुराकानी गर्दैछौँ । यस हप्ताभर हामीसँग F1Soft International का अध्यक्ष विश्वास ढकाल, Sastodeal का अमुन थापा र आमोका आयुषा श्रेष्ठ पडकाष्टमा जोडिनुहुनेछ । Thank you so much for listening to this special episode of Prosperity Podcast. Prosperity Podcast is presented to you by Samriddhi Foundation. To learn more about the podcast and listen to our previous episodes, please visit our website www.samriddhi.org
More Episodes
In the fiscal year 2020-2021  sanitary pad worth Rs. 1 billion was imported in Nepal. The 13% luxury VAT accounts to 300 million in revenue which is a huge money for the Government. When Pad2go team realised the implementation of luxury VAT in menstrual hygiene products they documented about how...
Published 11/11/22
Published 11/11/22
मूल्यवृद्धिको र मुद्रास्फितीले देश आक्रान्त बनेको समयमा आम नागरिकको जीवन यापनमा कस्तो कस्तो प्रभाव पर्न सक्छ? के कस्ता कारणले गर्दा मूल्यवृद्धिको मुद्रास्फिती र आर्थिक संकट को अवस्था आउन सक्छ? के यस्तो प्रकारको स्तिथी नेपाल जस्तो बिकासोन्मुख देशहरुले लामो समय सम्म थेग्न सक्छन? जस्ता अन्य थुप्रै...
Published 09/22/22