Description
Prosperity Podcast को आजको एपिसोडमा हामी हालसालै भएको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विषयमा कुराकानी गर्दैछौँ ।
र यस पडकास्टमा हामी आर्थिक स्वतन्त्रता र सार्वजनिक नीतिका विषयवस्तुहरूमा कुराकानी गर्छौं । समसामयिक विकासका मुद्दाहरूबारे विभिन्न विज्ञहरूसँग कुराकानी गर्छौं र यिनै मुद्दाहरूलाई फरक धारबाट बुझ्ने र जान्ने प्रयास गर्छौं।
पेट्रोलको मुल्यवृद्धिबारे कुराकानी लागि हामीसँग हुनुहुन्छ कुल प्रसाद पाण्डे। के पी सर आर्थिक तथा वित्तिय नीतिका विज्ञ हुनुहुन्छ। उहाँले कर, बजेट, मौद्रिक नीति र राजस्वसँग सम्बन्धित अरू विषयवस्तुहरुको अध्ययन गर्नुभएको छ । र उहाँले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुहुन्छ ।
Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न हाम्रो वेबसाइट र हाम्रो पुराना एपिसोडहरू सुन्न www.samriddhi.org जानुहोला र हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।