Episodes
अख्तियार किन राजनीतिक भागबण्डा गर्ने थलो बन्यो ? यसको असरबारे पूर्वसांसद राधेश्याम अधिकारीको विचार
Published 03/15/24
Published 03/15/24
संवैधानिक निकायमा नियुक्तिका लागि हुने भागबण्डाबारे पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको विचार
Published 03/15/24
ONLINEKHABAR PODCAST | By Gaurav Pokharel |
Published 05/05/23
प्रा.डा.सूर्य सुवेदी बेलायतको प्रसिद्ध लिड्स विश्वविद्यालयका प्राध्यापक हुन् । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सुवेदीले विज्ञको रूपमा विभिन्न अन्तर्राष्ट्रिय समितिमा बसेर काम गरिसकेका छन् । जस्तो कि कम्बोडियाको शान्ति प्रक्रियाका दौरान सन् २००९ देखि ६ वर्ष संयुक्त राष्ट्रसंघको विशेष प्रतिवेदक भएर पनि काम गरेका थिए ।  नेपाल भ्रमणमा रहेका प्रा.डा. सुवेदीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी Text : https://www.onlinekhabar.com/2023/04/1294798
Published 04/21/23
शोभराजले कानुनी लडाइँका लागि नेपाली–फ्रेन्च ट्रान्सलेटर खोज्दै पत्रिकामा विज्ञापन नै निकालेका थिए । त्यसमा निहिताले पनि दर्खास्त दिएकी थिइन् । आमा पनि कानुन व्यवसायी भएकाले उनलाई शोभराजले छाने । कुराकानीको दुई हप्तामै उनीहरु प्रेम सम्बन्धमा गाँसिएको निहिताले नै एक अन्तर्वार्तामा खुलाएकी छन् । थप - https://www.onlinekhabar.com/2022/12/1237056
Published 12/24/22
प्रदेश सभा सदस्यको चयन, प्रदेश सरकार गठन, प्रदेश प्रमुखमा गरिएको अति राजनीतीकरण र प्रदेशको विकृत संसदीय अभ्यासमा कुनै दलले आफूलाई फरक देखाउन सकेनन् । यो पृष्ठभूमिमा संघीयताप्रति रुचि नराख्ने पार्टीले जनमत पाएपछि प्रदेश संरचनामाथि चासो र चिन्ता बढेको छ । अनलाइनखबरका सम्पादक वसन्त बस्नेत र विशेष संवाददाता सइन्द्र राईबीचको पडकास्ट ।  स्टोरीः https://www.onlinekhabar.com/2022/12/1234303
Published 12/20/22
यदि कुनै शहरका लागि सधैं एउटै पहिचान काफी हुन्थ्यो भने जिरीका केशव जिरेलको होटल अहिले विदेशी पर्यटकले खचाखच हुन्थ्यो । मौसममा सगरमाथा आधार शिविर जाने पर्यटकको बजारमा ताँती लाग्थ्यो । जिरीका पूर्वमेयर टंक जिरेलको सम्झनामा एक दशकअघिसम्म पनि जिरी बजारमा विदेशी र तिनका भरियाका कारण बाटोमा दोहोरो हिंड्ने ठाउँ हुन्थेन । उनी भन्छन्, ‘त्यो डाँडामा कुइरे र तिनका भरियाको लस्कर साँच्चै हेर्नलायक हुन्थ्यो ।’ तर, ....  अनलाइनखबरका लागि गौरव पोखरेल र सागर चन्दको रिपोर्टः  भिडियोः...
Published 12/16/22
सशस्त्र द्वन्द्वकालमा गरेको ‘सफाया’बारे माओवादी अध्यक्ष प्रचण्डले बीबीसीलाई २०६३ भदौ २३ गते दिएको अन्तर्वार्ताको अंश ।
Published 08/02/22
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाको विचार
Published 06/02/22
कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा ‘नेतालाई चोर भन्न थालिसके’ भन्दै भाषण दिएपछि राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन चर्चामा आए । आफूलाई भुइँ मान्छेको प्रतिनिधि बताउने उनै लिङ्देनसँग राप्रपाको चाबहिलस्थित पार्टी कार्यालय पुगेर अनलाइनखबरकर्मी बिनु सुवेदी र गौरव पोखरेलले आमनागरिकको नेताप्रतिको दृष्टिकोण, राप्रपाभित्रको संघर्ष र आगामी चुनावको तयारीबारे कुराकानी गरेका छन् । 
Published 12/20/21
मुलुकका प्रमुख राजनीतिक दलहरूको संरक्षणमा समाजमा गुण्डागर्दी कसरी मौलाएको छ भन्ने जानकारी पाउन कुन गुण्डा कुन राजनीतिक दल निकट छ भनेर थाहा पाउनुपर्छ । उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली । अनलाइनखबरकर्मी गौरव पोखरेलको रिपोर्टः
Published 10/25/21
मुलुकका प्रमुख राजनीतिक दलहरूको संरक्षणमा समाजमा गुण्डागर्दी कसरी मौलाएको छ भन्ने जानकारी पाउन कुन गुण्डा कुन राजनीतिक दल निकट छ भनेर थाहा पाउनुपर्छ । उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली । अनलाइनखबरकर्मी गौरव पोखरेलको रिपोर्टः 
Published 10/25/21
वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको बालापनदेखि अहिलेसम्म बानेश्वरमै वित्यो । उनी एक शताब्दीअघिको बानेश्वरको तस्विर देख्न सकिने गरी ‘बानेश्वर सेरोफोरो’नामक किताब प्रकाशनको तयारी छन् । उनै अर्यालसँग संवाददाता कृष्ण ज्ञवालीले बानेश्वरबारे कुराकानी गरेका छन् । अनलाइनखबर पोडकास्टको यो अंकमा सुन्नुस् कुराकानीको सम्पादित अंशः 
Published 10/11/21
केही दिनदेखि चलेको चर्चा पुष्टि हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको ‘सिफारिस’मा गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गरे । न्यायालयको नेतृत्वले कार्यपालिकामा भागवण्डा खोज्न थालेपछि आगामी दिनमा स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणामाथि गम्भिर असर पर्नसक्ने चिन्ता बढ्न थालेको छ । प्रस्तुत छ, अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँलेको पोडकाष्ट टिप्पणी -
Published 10/09/21
‘ठूला माछा’ समात्ने भनियो, ‘भुरा’को पनि अभियोग पुष्टि भएन सुन तस्करीमा गोरेले समेत पाए सफाइ Read Text - https://www.onlinekhabar.com/2021/10/1022906
Published 10/05/21
संघीय सरकारको प्रतिनिधि भनिने प्रमुख जिल्ला अधिकारीको अहिलेको नियमित काम नागरिकता र राहदानी विभागले बनाइदिएको पासपोर्ट बाँड्नु मात्रै हो । लामो समयसम्म शान र मान बोकेको यो शक्तिकेन्द्र आज किन एउटा समन्वय इकाइमा सीमित भयो ? सुन्नुहोस् अनलाइनखबरकर्मी गौरव पोखरेलको रिपोर्टः 
Published 09/20/21
पशुपतिनाथको मन्दिरमा भएको सुनकाण्डको नालीबली प्रस्तुत गर्दैछन् अनलाइनखबरकर्मी कृष्ण ज्ञवाली । 
Published 09/16/21
दल चिढिने डर, व्यक्तिगत लाभहानि र क्षमताको अभावले धेरै सांसद बलियोसँग संसदमा बोल्न सक्दैनन् । यसको अर्थ मुलुकको सर्वोच्च जनप्रतिनिधि निकाय प्रभावकारी विधि निर्माणको थलो नभई शुभलाभको भर्‍याङ भइरहेको छ ।
Published 09/10/21
सन्तबहादुर तामाङ (परिवर्तित नाम) को १० वर्षदेखि मानसिक सन्तुलन कमजोर छ । उपचार नहुँदा उनी सिन्धुपाल्चोकको तातोपानी नाका वरपर निष्फिक्री नाङ्गै डुल्थे । सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले उनलाई अकस्मात् २४ मंसीर २०७६ मा पक्राउ गर्‍यो । अमेरिकी डलर तस्करीको आरोपमा १० वर्ष कैद र १ करोड ८६ लाख रुपैयाँ जरिवाना ठहर भएको कसुरमा उनलाई कारागार चलान गरियो । विदेशी विनिमय नियमित गर्ने ऐन अनुसार कसुर गरेको अभियोगमा जेल परेका उनलाई सम्भवतः अमेरिकी डलर कस्तो हुन्छ भन्ने जानकारी थिएन ।
Published 09/09/21