Episodes
आजको अंकमा हरि शर्मा लुडविग एफ स्टिलर एसजेद्वारा लिखित 'The Silent Cry: The People of Nepal 1816-1839' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले १८१५ डिसेम्बर को सुगौली सन्धिपछि १८१६ देखि १८३९ सम्मको नेपालको सामाजिक, राजनीतिक, र सांस्कृतिक परिवर्तनहरूको गहिरो विश्लेषण प्रस्तुत गर्दछ। सुगौली सन्धीपछि देशले भोगेका चुनौतीहरू र जनजीवनमा परेको प्रभावलाई पुस्तकले जीवन्त रूपमा उजागर गरेको छ।स्टिलरले नेपालका जनताको मौन संघर्ष, सामाजिक असमानता र राजनीतिक अस्थिरतालाई चित्रण गर्दै सत्ताको केन्द्रीकरण ...
Published 11/19/24
आजको अंकमा हरि शर्मा इंगो स्मिटद्वारा सम्पादित पुस्तक 'The Three Worlds of Social Democracy: A Global View' को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले समाजवाद र सामाजिक लोकतन्त्रको ऐतिहासिक र सैद्धान्तिक विकासलाई विभिन्न भौगोलिक क्षेत्रका दृष्टिकोणबाट विश्लेषण गरेको छ। पुस्तकमा पश्चिमी र पूर्वी युरोप, ल्याटिन अमेरिका, भारत तथा दक्षिण अफ्रिकामा सामाजिक लोकतान्त्रिक पार्टी र सरकारहरूको अनुभवको विभिन्न विज्ञहरूले समीक्षात्मक अध्ययन प्रस्तुत गरेका छन्।यो किताबले विभिन्न समाजमा सामाजिक लोकतन्त्रको...
Published 11/12/24
आजको अंकमा हरि शर्मा लोकराज बरालले लेख्नुभएको ‘Oppositional Politics in Nepal’ (अपोजिसनल पोलिटिक्स इन नेपाल) पुस्तकको चर्चा गर्दै हुनुहुन्छ।१९७७ मा प्रकाशित यो पुस्तक नेपालको राजनीतिक प्रणालीको ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। यसले नेपालको राजनीतिक परिदृश्यमा प्रतिपक्षी र शासकबीचको द्वन्द्व र प्रतिपक्षी शक्तिहरूले कसरी प्रजातान्त्रिक शासनका लागि नेपालमा कसरी मार्ग तयार पारे भन्ने विश्लेषण गरेको छ।
Published 11/05/24
आजको अंकमा हरि शर्मा प्रनब बर्धनद्वारा लिखित 'अ वर्ल्ड अफ इन्सेक्युरिटीः डेमोक्रेटिक डिसइन्च्यान्टमेन्ट इन रिच एन्ड पुअर कन्ट्रिज' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले आर्थिक असमानता, सामाजिक विभाजन र पर्यावरणीय संकटका कारण विश्वका विभिन्न समुदायहरू कसरी असुरक्षाको अवस्थामा छन् भन्ने विश्लेषण गरेको छ। बर्धनले यो किताबमा असुरक्षाका विभिन्न आयाम, खासगरी आर्थिक असमानता र शक्ति सन्तुलनको प्रश्नलाई विशेष ध्यान दिएका छन्।कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई kitabcharcha@gmai...
Published 10/29/24
आजको अंकमा हरि शर्माले प्रत्यूष वन्त, लोकरञ्जन पराजुली र मार्क लिच्टीद्वारा सम्पादित 'Nepal in the Long 1950s' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले सन् १९५० को दशकमा नेपालको राजनीतिक संक्रमण, राणा शासनको अन्त्य र प्रजातन्त्रको शुरूआती अवस्थालाई विस्तृत रूपमा वर्णन गरेको छ। साथै, यो किताबले दोस्रो विश्वयुद्धपछिका उपनिवेशवाद विरोधी आन्दोलन र नयाँ प्रकारका पुँजीवादको उदयको विश्वव्यापी घटनाक्रमहरूले नेपाललाई पारेको प्रभावबारे पनि बर्णन गर्दछ।मार्टिन चौतारीद्वारा सन २०२४ मा प्रकाशित क...
Published 10/22/24
आजको अंकमा हरि शर्मा बेरिङ्टन मुरद्वारा लिखिएको पुस्तक "सोसल ओरिजिन्स् अफ डिक्टेटरसिप एन्ड डिमोक्रसी" बारे चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले तानाशाही शासन तथा प्रजातन्त्रको उत्पत्ति र त्यसको सामाजिक पृष्ठभूमिबारे गहिरो विश्लेषण प्रस्तुत गरेको छ। यो पडकास्टको रेकर्डिङ २०२० मार्चमा रेकर्ड गरिएको हो र अहिले पुन: प्रसारण हुँदैछ।"सोसल ओरिजिन्स् अफ डिक्टेटरसिप एन्ड डिमोक्रसी" ले विभिन्न देशहरूको उदाहरणमार्फत प्रजातन्त्र र तानाशाही शासनको सामाजिक विकास कसरी भिन्न हुन्छ भन्ने कुरालाई उजागर गर्छ...
Published 10/18/24
आजको अंकमा बेनेडिक्ट एन्डरसनद्वारा लेखिएको पुस्तक "इम्याजिन्ड कम्युनिटिज्" को बारेमा सधैँ झैँ हरि शर्माले चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राष्ट्रको उत्पत्ति, विस्तार र सामाजिक तथा सांस्कृतिक तवरले कसरी राष्ट्रहरूको निर्माण भयो भन्नेबारे महत्त्वपूर्ण बहसलाई अगाडि बढाएको छ। यो पडकास्ट २०२० मार्चमै रेकर्ड गरिएको हो जुन अहिले पुन: प्रसारण हुँदैछ।"इम्याजिन्ड कम्युनिटिज्" ले भाषा, सञ्चार र मुद्रणका माध्यमबाट कसरी कल्पित समुदायहरू निर्माण हुन्छन् भन्ने विषयमा प्रकाश पार्छ। यो पुस्तकले राष्ट्...
Published 10/15/24
आजको किताब चर्चा २०२० मार्च महिनामा प्रसारित पहिलो अंकको पुन: प्रसारण हो। यो अंकमा हरि शर्मा आफ्नै पठनपाठनको रुचि र लगावबारे कुरा गर्दै हुनुहुन्छ। यसमा उहाँले आफ्नो पठनयात्रा सानै उमेरदेखि कसरी शुरू भयो भन्ने कथा प्रस्तुत गर्दै हुनुहुन्छ।आफू मलाया, हङकङ, सिंगापुर र नेपालमा बस्दा सानैदेखि कसरी किताब पढ्ने बानी लाग्यो, त्यसले जीवनमा कस्तो प्रभाव पार्यो र किताब पठन जीवनको अभिन्न हिस्सा कसरी बन्यो भन्नेबारे हरि शर्मा आफ्नै अनुभव साझा गर्दै हुनुहुन्छ। साथै उहाँले पठन परम्पराबारे पनि बताउँदै हुनुह...
Published 10/15/24
आजको अंकमा हरि शर्माले हरमन हेस्सद्वारा लेखिएको प्रसिद्ध किताब 'सिद्धार्थ'को चर्चा गर्दै हुनुहुन्छ।सिद्धार्थको कथा प्राचीन भारतमा आधारित छ जहाँ मुख्य पात्र सिद्धार्थले सांसारिक जीवनको परित्याग गर्दै ज्ञानको खोजीमा विभिन्न अनुभवहरू संगाल्छन्। हेस्सले बौद्ध दर्शन, हिन्दू धर्म र योगका सिद्धान्तहरूलाई जोड्दै सिद्धार्थको व्यक्तिगत यात्रालाई एक बिम्बात्मक र आध्यात्मिक यात्रा बनाएका छन्।पुस्तकले जीवनको अर्थ, प्रेम, भोग र मोक्षको खोजी जस्ता गहन प्रश्नहरूको सामना गर्दै कसरी प्रत्येक व्यक्तिले आफ्नै मा...
Published 10/08/24
आजको अंकमा हरि शर्माले भारतीय लेखक फणेश्वरनाथ रेणुद्वारा लेखिएको 'नेपाली क्रान्ति कथा'को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले २००७ सालको नेपाली जनआन्दोलनलाई विस्तृत रूपमा वर्णन गर्दछ।रेणुको लेखनीले नेपाली जनताको साहस र बलिदानलाई चित्रण गर्दै, यस क्रान्तिले नेपाली समाजलाई कसरी हल्लायो र बदल्यो भन्ने विषयमा गहिरो अध्ययन प्रस्तुत गरेको छ। रेणु २००७ सालको आन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट 'पब्लिक रिलेसन अफिसर' (पीआरओ) हुनुहुन्थ्यो।हरि शर्मालाई मनपर्ने पुस्तकहरूमध्ये 'नेपाली क्रान्ति कथा' पनि पर्द...
Published 10/01/24
आजको अंकमा हरि शर्माले ई.पी. थम्पसनको प्रसिद्ध कृति ‘द मेकिङ अफ द इंग्लिस वर्किङ क्लास’को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकलाई समाजशास्त्र र इतिहासको क्षेत्रमा कोसेढुंगा मानिन्छ।यस पुस्तकले १८औं र १९औं शताब्दीको बेलायतमा भएको औद्योगिक क्रान्तिको प्रभावलाई छर्लंग पार्दै, कसरी श्रमिक वर्गले आफ्नो अधिकार र स्वतन्त्रताका लागि संघर्ष गरे भन्ने विषयमा गहन अध्ययन प्रस्तुत गरेको छ। थम्पसनले यस ऐतिहासिक कालखण्डलाई केवल आर्थिक परिवर्तनको रूपमा मात्र नभई, श्रमिक वर्गको सामाजिक र राजनीतिक विकासको रूपमा सम...
Published 09/24/24
आजको हरि शर्माले ड्यानियल स्यान्डलरद्वारा लिखिएको 'फ्रि एन्ड इक्वल' किताबको चर्चा गर्दै हुनुहुन्छ । यस किताबमा स्यान्डलरले समाजमा न्यायसंगत संरचनाहरू कसरी निर्माण गर्न सकिन्छ भन्ने सवालमा समानता र स्वतन्त्रताको आदर्शहरूलाई नजिकबाट हेरिरहेका छन् ।यो पुस्तकले विशेष रूपमा जोन रल्सको प्रसिद्ध कृति 'द थेउरी अफ जस्टिस'लाई केन्द्रमा राख्दै न्यायका सिद्धान्तहरूलाई पुनर्व्याख्या गरेको छ। रल्सको पुस्तकमा प्रतिपादन गरिएका 'ओरिजिनल पोजिसन' र 'भेल अफ इग्नोरेन्स' जस्ता अवधारणाहरूको माध्यमबाट समाजमा न...
Published 09/17/24
किताब चर्चामा हरि शर्मा आज स्यामुएल पी. हन्टिङ्टनद्वारा लेखिएको किताब 'द थर्ड वेभ: डेमोक्रेटाइजेसन इन द लेट ट्वेन्टिएथ सेन्चुरी' को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकमा हन्टिङ्टनले कसरी बीसौं शताब्दीको अन्त्यतिर संसारभर प्रजातान्त्रिक लहर आयो र ती प्रजातान्त्रिक आन्दोलनहरू कसरी विभिन्न देशहरूमा सफल या असफल भए भन्नेबारे विश्लेषण गरेका छन्। हन्टिङ्टनले प्रजातन्त्रको तेस्रो लहरलाई स्पष्ट पार्दै विश्व राजनीतिमा भएको विशाल परिवर्तनको व्याख्या यस किताबमा गरेका छन्।प्रजातन्त्रको उदयले राजनीतिक पर...
Published 09/10/24
हरि शर्मा आज चिठीको ऐतिहासिक र साहित्यिक महत्वका बारेमा चर्चा गर्दै हुनुहुन्छ। चिठी समाजको दर्पण हो। कागजमा लेखेर संवाद गर्ने परिपाटी हटिरहेको अवस्थामा जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरालाई लेखेका पत्रहरू समावेश "Letters from a Father to His Daughter" आजको प्रस्तुतिमा छ। यो किताब पहिलो पटक १९२९ मा ‘अलाहाबाद ल जर्नल प्रेस’द्वारा नेहरूकै अनुरोधमा प्रकाशन भएको थियो। यस संग्रहमा सन् १९२८ को गर्मी याममा १० वर्षकी छोरीलाई नेहरूले पठाएका ३० वटा पत्रहरू समावेश छन्। यो किताब र चिठी लेखनबारे...
Published 09/03/24
हरि शर्मा आज जोनाथन ह्वाइटद्वारा लेखिएको किताब "इन द लङ रन: द फ्युचर अफ पोलिटिकल आइडियाज" को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकमा ह्वाइटले समाजमा शासन, नीति र सामाजिक मान्यतालाई आकार दिने राजनीतिक विचारहरू कसरी जन्मिन्छन्, बदलिन्छन् र कहिलेकाहीँ समाजको परिवर्तनसँगै त्यागिन्छन् भन्ने विषयमा विचार प्रस्तुत गरेका छन्। जोनाथन ह्वाइटले यो किताबमा उन्नाइसौँ शताब्दीमा विचारधाराहरूको जन्मदेखि शीतयुद्धको गोप्यता र नवउदारवादी युगको चेतनासम्मका सन्दर्भ ल्याएका छन्। राजनीतिलाई भविष्यका बदलिँदा दृष्टिक...
Published 08/27/24
हरि शर्मा आज 'विपन्स अफ द विक: एभ्रिडे फर्म्स अफ पेजेन्ट रेसिस्टेन्स्' किताबको चर्चा गर्दै हुनुहुन्छ । यसलाई मानवशास्त्री जेम्स सी स्कटले लेखेका हुन् र यल विश्वविद्यालय प्रेसले सन् १९८५ मा प्रकाशन गरेको हो। 'विपन्स अफ द विक'मा स्कटले मलेसियाको एक गाउँका ७० परिवार किसानको जीवनमा केन्द्रित रहेर उनीहरूले अपनाउने दैनिक, सूक्ष्म प्रतिरोधका कथाहरूलाई मानवशास्त्रीय अनुसन्धान गरेका छन्।अब सुनौ किताब 'विपन्स अफ द विक'को चर्चा हरि शर्माबाट।'Weapons of the Weak: Everyday Forms of Peasant Resistance...
Published 08/20/24
उकालो पडकास्टमा पूर्व–पश्चिम विभाजनलाई जोड्ने दुई प्रख्यात बौद्धिक व्यक्तित्वहरू इभान क्रस्टेभ र स्टिफन होम्सद्वारा संयुक्त रूपमा लिखित किताब ‘द लाइट द्याट फेल्ड: ह्वाइ द वेस्ट इज लुजिङ द फाइट फर डेमोक्रेसी’को चर्चा लिएर हरि शर्मा आउनुभएको छ। यो उदारवादको संकटप्रति हाम्रो बुझाइलाई पूर्णरूपमा परिवर्तन गर्ने एउटा महत्त्वपूर्ण पुस्तक हो। र यसले शीतयुद्ध जितेपछि पश्चिमा मुलुकहरूले आफ्नो राजनीतिक सन्तुलन किन गुमाए भन्ने बताउँछ।किताब चर्चा पडकास्ट तपाईंलाई कस्तो लागिरहेको छ? पडकास्टका बारेमा थप जा...
Published 08/13/24
आजको पडकाष्टमा हरि शर्मा सलमान रुश्दीको मार्मिक र शक्तिशाली आत्मकथा, नाइफ: मेडिटेसन्स् अफ्टर एन एटेम्टेड मर्डरको चर्चा लिएर आउनु भएको छ । यो किताबमा रूश्दीले २०२२ मा भएको छुरा प्रहारबाट लगभग समाप्त भएको आफ्नो जिवनको त्रासदीपूर्ण अनुभवको वर्णन गरेका छन् । यो पुस्तक अप्रिल २०२४ मा जोनाथन केपद्वारा प्रकाशित गरिएको हो ।, र यसमा उक्त भयानक दिनको पछिको समयलाई बर्णन गरिएको छ । किताबका बारेमा थप चर्चा हरि शर्मा बाट । यो पडकाष्टको पहिलो अंक तपाईंले सुन्न भ्याउनु भयो? त्यसमा हरि शर्माले भिन्सेन्ट...
Published 08/06/24
भिन्सेन्ट बेभिन्स् को इफ वी बर्न: द मास प्रोटेष्ट डिकेड एण्ड द मिसिङ रिभोलुसन किताबको चर्चा । भिन्सेन्ट बेभिन्स् को इफ वी बर्न: द मास प्रोटेष्ट डिकेड एण्ड द मिसिङ रिभोलुसन किताब संसारलाई परिवर्तन गर्न खोजेका हालैका विद्रोहहरूको कथा हो । २०१० देखि २०२० सम्म, मानव इतिहासको कुनै पनि अन्य समयमा भन्दा धेरै मानिसहरूले विरोधमा भाग लिएका थिए। तर यति धेरै विद्रोह हुँदापनि हामीले न्यायपूर्ण र लोकतान्त्रिक समाजहरूमा जीवन बिताइरहेका छैनौं। "इफ वी बर्न" एक ऐतिहासिक कार्य हो, जसले एक महत्वपूर्ण ...
Published 07/30/24