अन्तर्वार्ताः चन्द्रयान-३ को सफल अवतरणपछि भारतको माहोल कस्तो देखियो?
Listen now
Description
भारतले आफ्नो अन्तरिक्षयान चन्द्रयान-३ लाई चन्द्रमाको सतहमा सफल अवतरण गराउँदै इतिहास रचेको छ। योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अन्तरिक्षयान अवतरण गराउने भारत विश्वको पहिलो मुलुक बनेको छ। चन्द्रमामा विक्रम ल्यान्डरको नियन्त्रित अवतरणपछि प्रज्ञान रोभर त्यसबाट निस्कनेछ र चन्द्रमाको सतहमा अन्वेषण गर्नेछ। जुलाई ४ तारिखमा भारतीय समय अनुसार दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान-३ चालीस दिन लामो यात्रा पूरा गर्दै चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका लागि यो अभूतपूर्व सफलता भएको बताएका छन्। यो सफलतासँगै भारतमा देखिएको माहोलबारे दिल्लीस्थित नेपाली पत्रकार राजेश मिश्रसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्।
More Episodes
संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि...
Published 10/06/23
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग...
Published 09/29/23
नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो...
Published 09/26/23