Episodes
संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल पनि आलोचनाको निशानामा परेका छन्। संविधान र कानुनमै सजाय माफीमिनाहाको व्यवस्था गर्नुको उद्देश्य र त्यसको कार्यान्वयनबारे कानुन मन्त्रालयका सचिव रहिसकेका पूर्वमन्त्री माधव...
Published 10/06/23
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग के खोज्छ भनेर सोधेकी छन्।
Published 09/29/23
नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो भनेर सोधेका छन्।
Published 09/26/23
सरकारले शिक्षा ऐनमा परिमार्जन गर्नेलगायत छ बुँदे सहमति जनाएपछि शिक्षकहरूले काठामाण्डूकेन्द्रित आन्दोलन फिर्ता लिएका छन्। देशभरिका सार्वजनिक विद्यालयका शिक्षकहरूले बुधवारदेखि शिक्षण संस्था बन्द गरेर काठमाण्डूकेन्द्रित आन्दोलन गरिरहेका थिए। तर नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले त्यसमा आफूहरूको सहमति नरहेको बताएका छन्। अर्कोतर्फ नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले सहमतिको स्वागत गरेकी छन्। अधिकारी र तुलाधरसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी...
Published 09/22/23
चिनियाँ र नेपाली दुवै पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बिहीवार औपचारिक घोषणा गरेका छन्। नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २३ देखि ३० तारिखसम्म चीनको भ्रमण गर्ने जनाएको छ। सो क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलगायत चिनियाँ नेतासँग भेटवार्ता गर्ने विज्ञप्तिमा उल्लेख छ। राष्ट्रसङ्घीय महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रचण्ड उतैबाट चीन जाने कार्यक्रम छ। तर प्रधानमन्त्री अमेरिकाबाटै चीन जान लागेकामा...
Published 09/21/23
नेपाली कांग्रेसको संस्थापनइतर खेमाका नेता शेखर कोइरालाले बुधवार सभापति शेरबहादुर देउवासँग भेट गरी चर्को असन्तुष्टि व्यक्त गरेको खबर आएको छ। आफ्नो खेमाको मङ्गलवार भएको बैठकपछि उनले सभापतिलाई भेटेका हुन्। बीबीसी न्यूज नेपालीका शरद केसीले उक्त भेट र सरकारप्रति कोइरालाले जनाइरहेको असन्तुष्टिबारे उनीसँग कुराकानी गरेका छन्। शुरूमा उनले कोइरालालाई के तपाईँले पार्टी सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो भनेर सोधेका छन्।
Published 09/20/23
औषधि व्यवस्था विभागले यसै साता एउटा सूचना जारी गर्दै १०३ प्रकारका एन्टिबायोटिक औषधि र खासगरी तिनका सम्मिश्रणलाई अब प्रयोग र बेचबिखनमा रोक लगाउने भनेको छ। उक्त सूचीमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सन् २०२१ मै सिफारिस नगरिएका भनेर जारी गरेका औषधिहरूलाई समेटिएको छ। यसै सन्दर्भमा विभागका महानिर्देशक नारायण ढकाललाई पछिल्लो निर्णय गरिनुका कारणबारे बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले सोधेका छन्।
Published 09/19/23
सत्तारूढ नेकपा एकीकृत समाजवादीभित्र व्याप्त असन्तुष्टि पछिल्ला दिनमा छरपस्ट भएको छ। पार्टीका सबै तहसम्म निर्णयसम्बन्धी परिपत्र गरिएपछि मतभिन्नता पनि बाहिर आएको हो। त्यसप्रति सार्वजनिक रूपमा उक्त दलका नेता तथा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमवार त्यसबारे कुनै टिप्पणी गरेनन्। तर नेता खनाललाई लक्षित गर्दै केही भनाइ सार्वजनिक गरेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका शरद केसीले पूर्वप्रधानमन्त्री खनाललाई के तपाईँ र अध्यक्ष...
Published 09/18/23
सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा देशभरिका शिक्षकहरू आन्दोलित बनेका छन्। माग सम्बोधन नगरिए असोज ३ गतेबाट काठमाण्डूकेन्द्रित सडक आन्दोलन गर्ने चेतावनी पनि नेपाल शिक्षक महासङ्घले दिएको छ। यसै सन्दर्भमा महासङ्घकी अध्यक्ष कमला तुलाधरलाई बीबीसी न्यूज नेपालीका गनी अन्सारीले प्रस्तावित विधेयकप्रति तपाईँहरूको आपत्ति किन भनेर सोधेका छन्।
Published 09/15/23
बहुचर्चित सुन तस्करी प्रकरणमा प्रहरीले विदेशीसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। पहिलो चरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। सुन तस्करी काण्डको अनुसन्धानको नेतृत्व गरेकी सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो घटना अन्तरदेशीय अपराधको स्पष्ट उदाहरण भएको बताइन्। बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले बज्राचार्यसँग गरेको कुराकानी सुन्नुहोस्।
Published 09/13/23
नेपालमा पछिल्ला वर्षमा हृदयाघातबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या बढ्न थालेको चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार ४० वर्ष कटेपछि मानिसहरूलाई हृदयाघातको जोखिम अझ बढ्दै जान्छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले के हृदयाघात भएका व्यक्तिलाई बचाउन सकिन्छ भनेर सोधेका छन्।
Published 09/12/23
नेपालका परराष्ट्रमन्त्री एनपी साउदले चीनले आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नसमेटेको विषयले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा कुनै न कुनै रूपमा प्रवेश पाउन सक्ने बीबीसीलाई बताएका छन्। चीनअगाडि प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाँदैछन्। त्यहाँबाट स्वदेश फर्किनुअघि उनी सिधै द्विपक्षीय भ्रमणका लागि चीन पुग्ने कार्यक्रम रहेको छ। उक्त भ्रमणका बेला चीनले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको...
Published 09/08/23
राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ मा पछिल्लो दश वर्षमा कृषक परिवार बढे पनि खेतीयोग्य जमिन भने घटेको देखिएको छ। प्रत्येक १० वर्षको अन्तरालमा हुने यस्तो गणना नमूना छनौट विधिमार्फत् सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी गरिन्छ। गणनाका स्थलगत कार्य २०७९ सालको बैशाख र जेठमा गरी ४५ दिन लगाएर गरिएको थियो। उक्त गणनाको विशेषताबारे गणनाको योजना तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सङ्लङ्न तथ्याङक कार्यालयको कृषि तथा पशुपक्षी गणना शाखाका एकजना...
Published 09/07/23
पहिलोपटक एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज काठमाण्डू फर्किंदा विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ। नेपाली टोलीले इतिहासमै पहिलोपटक भारत र पाकिस्तानका मुख्य टोलीको सामना गरेको थियो। दुवै खेलमा नेपालको पराजय भए पनि उनीहरूको खेलको प्रशंसा भइरहेको छ। उक्त खेलबारे नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग कमल परियारले गरेको कुराकानी।
Published 09/06/23
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले एशिया कप अन्तर्गत भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धी क्रिकेट प्रतियोगिता खेलेपछि एउटा सपना पूरा भएको बताएका छन्। तर खेलमा नयाँ उपलब्धि हासिल गर्न उनले अब पूर्वाधार विकास र खेलाडीमा लगानी गर्न ढिलाइ नगर्न सुझाएका छन्। उनै खड्कासँग कमल परियारले गरेको कुराकानी।
Published 09/05/23
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले बेइजिङले हालै जारी गरेको नक्सामा नेपालको परिमार्जित नक्साले समेटेका भूभाग छुटेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका बेला कुराकानी हुने बताएको छ। पार्टीका प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले सो विषयको समाधान हुने आशा व्यक्त गरेका छन्। छुट्टै प्रसङ्गमा उनले अमेरिकी अनुदान सम्झौता एमसीसी पारित गर्दा संसद्‌ले अनुमोदन गरेको व्याख्यात्मक घोषणा सम्झौताको अङ्ग बनाइनुपर्ने पार्टीको स्पष्ट अडान रहेको पनि बताए। बीबीसी न्यूज...
Published 09/01/23
भारतले तीनवटा देशका लागि बासमती बाहेकको चामल निर्यात खुला गर्ने जनाएको छ। त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले बुधवार एउटा सूचना जारी गर्दै त्यसबारे जानकारी गराएको हो। महानिर्देशनालयका प्रमुख सन्तोषकुमार सारङ्गीले हस्ताक्षर गरेको सूचनामा भुटान, सिङ्गापुर र मरिससका लागि चामल निर्यात खुला गरिएको उल्लेख छ। भारतले ती देशमा निर्यात खुला गरिएको चामलको परिमाण समेत तोकेको छ। भारतले यसअघि जुलाई २० बाट चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। यसै सन्दर्भमा बीबीसी...
Published 08/31/23
यसपालि जनैपूर्णिमा र गाईजात्रा एकै दिन अर्थात्‌ बिहीवार परेको छ। विगतमा अरू चाडपर्व पनि एकै दिन परेका कैयौँ दृष्टान्त छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीलाई दुइटा चाडपर्व एकै दिन पर्नुका कारणबारे सोधेका छन्।
Published 08/29/23
सत्ताधारी गठबन्धनको नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले "ललिता निवास जग्गा हिनामिना सहितका चर्चित प्रकरणलाई सत्ता गठबन्धनभित्रको अन्तरसङ्घर्षले प्रभावित तुल्याएको" टिप्पणी गरेका छन्। उक्त प्रकरणमा खनालको पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि जोडिएको छ। दुवै नेताले प्रहरी अनुसन्धानलाई सघाउने बताउँदै आएपछि प्रहरीले उनीहरूकै निवासमा पुगेर 'बयान कागज' गराएको थियो। पूर्वप्रधानमन्त्री खनालले गठबन्धन सरकारका कामकारबाहीप्रति...
Published 08/28/23
लगानी बोर्डको शुक्रवार सम्पन्न ५५औँ बैठकले ३६ अर्ब ३७ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ। बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ भने सार्वजनिक-निजी साझेदारी लगानी ऐन, २०७५ संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने लगायतका निर्णय पनि गरेको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई ऐन संशोधन गर्न खोज्नुका कारणबारे सोधेका छन।
Published 08/25/23
नेपाललाई लोडशेडिङमुक्त देश घोषणा गरिए पनि झ्याप्पझ्याप्प बिजुली जाने अवस्था देखिन थालेको गुनासो पछिल्लो समय बढ्दै गएको छ। नेपालमा अत्यधिक बिजुली खपत हुने पीक आवरको माग २,००० मेगावाटभन्दा कम रहे पनि विद्युत् जडित उत्पादन क्षमता २,६८४ मेगावाट छ। प्रसारणलाइन विस्तार नभए उच्च मात्रामा विद्युत् उत्पादन हुने वर्षायाममा देशभित्रै गुणस्तरीय विद्युत् प्रवाह र विदेशमा व्यापार गर्न अब ठूलो समस्या हुन सक्ने नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले...
Published 08/24/23
भारतले आफ्नो अन्तरिक्षयान चन्द्रयान-३ लाई चन्द्रमाको सतहमा सफल अवतरण गराउँदै इतिहास रचेको छ। योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अन्तरिक्षयान अवतरण गराउने भारत विश्वको पहिलो मुलुक बनेको छ। चन्द्रमामा विक्रम ल्यान्डरको नियन्त्रित अवतरणपछि प्रज्ञान रोभर त्यसबाट निस्कनेछ र चन्द्रमाको सतहमा अन्वेषण गर्नेछ। जुलाई ४ तारिखमा भारतीय समय अनुसार दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान-३ चालीस दिन लामो यात्रा पूरा गर्दै चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको हो। प्रधानमन्त्री...
Published 08/23/23
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा आरोपित दुईजना पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउन गरेको सिफारिसले अदालतको आदेश पालना नभएको उक्त प्रकरणबारे छानबिन गरेका एक पूर्वअधिकारीले बताएका छन्। सो प्रकरण छानबिनका लागि यसअघि सरकारले गठन गरेको समितिका संयोजक शारदाप्रसाद त्रितालले भूतपूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउन गरिएको सिफारिस राजनीतिक प्रभावबाट प्रेरित भएको दाबी गरे। बीबीसी न्यूज नेपालीका अशोक दाहालले...
Published 08/22/23
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएसँगै उनको सरकारले निरन्तरता पाएको छ। प्रदेशसभामा कायम ९३ मध्ये ७७ जना सदस्य मतदानमा उपस्थित भएकोमा थापाको पक्षमा जम्मा ४७ मत खस्यो। बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि नेकपा माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई केही समय अध्यक्षता गर्ने जिम्मा दिएर मतदानमा भाग लिए। तिम्सिनाले आफूले मतदान गरिसकेपछि केही समय बैठकको अध्यक्षता गरिन्। विपक्षी नेकपा एमाले र राप्रपाका सांसदले उक्त कदमको विरोध गर्दै प्रदेशसभामा नाराबाजी गरे। नेपाली...
Published 08/21/23
नेपालमा हाल नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा अपचलन प्रकरण र सुन तस्करी प्रकरणबारे अनुसन्धान जारी रहेका बेला नेपाली कांग्रेसका एक महामन्त्री तथा सांसद गगन थापाले ‘हाम्रो स्मृतिमा भएका सबै काण्डका फाइल खोलौँ’ भनेका छन्। बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले तपाईँले सङ्केत गरेका काण्ड कुनकुन हुन् भनेर थापालाई सोधेकी छन्।
Published 08/18/23