अन्तर्वार्ताः 'चीनसँग उसको नयाँ नक्साबारे कुराकानी हुन्छ'
Listen now
Description
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले बेइजिङले हालै जारी गरेको नक्सामा नेपालको परिमार्जित नक्साले समेटेका भूभाग छुटेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका बेला कुराकानी हुने बताएको छ। पार्टीका प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले सो विषयको समाधान हुने आशा व्यक्त गरेका छन्। छुट्टै प्रसङ्गमा उनले अमेरिकी अनुदान सम्झौता एमसीसी पारित गर्दा संसद्‌ले अनुमोदन गरेको व्याख्यात्मक घोषणा सम्झौताको अङ्ग बनाइनुपर्ने पार्टीको स्पष्ट अडान रहेको पनि बताए। बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले सापकोटासँग गरेको कुराकानी सुन्नुहोस्।
More Episodes
संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि...
Published 10/06/23
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग...
Published 09/29/23
नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो...
Published 09/26/23