अन्तर्वार्ताः 'सजाय माफीमिनाहामा कानुन होइन, नियत खराब'
Listen now
Description
संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल पनि आलोचनाको निशानामा परेका छन्। संविधान र कानुनमै सजाय माफीमिनाहाको व्यवस्था गर्नुको उद्देश्य र त्यसको कार्यान्वयनबारे कानुन मन्त्रालयका सचिव रहिसकेका पूर्वमन्त्री माधव पौडेलसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी सुन्नुहोस्।
More Episodes
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग...
Published 09/29/23
नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो...
Published 09/26/23
सरकारले शिक्षा ऐनमा परिमार्जन गर्नेलगायत छ बुँदे सहमति जनाएपछि शिक्षकहरूले काठामाण्डूकेन्द्रित आन्दोलन फिर्ता लिएका छन्। देशभरिका सार्वजनिक विद्यालयका शिक्षकहरूले बुधवारदेखि शिक्षण संस्था बन्द गरेर काठमाण्डूकेन्द्रित आन्दोलन गरिरहेका थिए। तर नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज...
Published 09/22/23