अन्तर्वार्ता:राष्ट्रिय कृषि गणनाका विशेषता के छन्?
Listen now
Description
राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ मा पछिल्लो दश वर्षमा कृषक परिवार बढे पनि खेतीयोग्य जमिन भने घटेको देखिएको छ। प्रत्येक १० वर्षको अन्तरालमा हुने यस्तो गणना नमूना छनौट विधिमार्फत् सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी गरिन्छ। गणनाका स्थलगत कार्य २०७९ सालको बैशाख र जेठमा गरी ४५ दिन लगाएर गरिएको थियो। उक्त गणनाको विशेषताबारे गणनाको योजना तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सङ्लङ्न तथ्याङक कार्यालयको कृषि तथा पशुपक्षी गणना शाखाका एकजना निर्देशक बद्रीकुमार कार्कीसँग प्रदीप बस्यालको कुराकानी
More Episodes
संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि...
Published 10/06/23
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग...
Published 09/29/23
नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो...
Published 09/26/23