अन्तर्वार्ताः 'सङ्घीयता कार्यान्वयनबारे दलहरूमाथि नै शङ्का छ'
Listen now
Description
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएसँगै उनको सरकारले निरन्तरता पाएको छ। प्रदेशसभामा कायम ९३ मध्ये ७७ जना सदस्य मतदानमा उपस्थित भएकोमा थापाको पक्षमा जम्मा ४७ मत खस्यो। बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि नेकपा माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई केही समय अध्यक्षता गर्ने जिम्मा दिएर मतदानमा भाग लिए। तिम्सिनाले आफूले मतदान गरिसकेपछि केही समय बैठकको अध्यक्षता गरिन्। विपक्षी नेकपा एमाले र राप्रपाका सांसदले उक्त कदमको विरोध गर्दै प्रदेशसभामा नाराबाजी गरे। नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनको पक्षमा बहुमत पुर्‍याउन नदिन अपनाएको उपाय निष्प्रभावी तुल्याउन फेरि कोशी प्रदेशमा सभामुखलाई उपयोग गर्ने सूत्र प्रयोग गरेको थियो। सङ्घीयताको अभ्यासको सिलसिलामा खासगरी कोशी प्रदेशमा पछिल्लो समय भएका घटनाक्रमबारे धेरैले प्रश्न गरिरहेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सङ्घीयताविद्‌ पिताम्बर शर्मालाई पछिल्ला घटनाक्रमलाई तपाईँले कसरी हेर्नुभएको छ भनेर सोधेका छन्।
More Episodes
संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि...
Published 10/06/23
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग...
Published 09/29/23
नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो...
Published 09/26/23