Episodes
टीकापुर घटनामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशमलाल चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयमाथि फेरि प्रश्नहरू उठेका छन्। विसं २०७२ भदौमा थरूहट आन्दोलनकारीहरूको आक्रमणमा आठजना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनाको लामो समयपछि पक्राउ परेर मुद्दा खेपेका र जन्मकैदको सजाय पाएका चौधरीले गत जेठमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। चौधरी जेलमुक्त भएको दुई महिनापछि आएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा उनको सजाय माफीलाई राजनीतिक सौदाबाजी भनिएको...
Published 08/17/23
सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने कार्यक्रमको बुधवारबाट थालनी गरेको छ। सामाजिक सुरक्षा कोषद्वारा काठमाण्डूमा आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको शुभारम्भ गरेका हुन्। यसअघि औपचारिक क्षेत्रमा कार्यान्वयनमा ल्याइसकेको यो कार्यक्रमको दायरालाई विस्तार गर्दै लैजाने उद्देश्य रहेको कोषले जनाएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले कोषका अध्यक्ष एवं श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका...
Published 08/16/23
राष्ट्रिय परीक्षा बोर्डद्वारा यो वर्षको कक्षा १२ को सार्वजनिक परीक्षाफल अनुसार ५१ प्रतिशत परीक्षार्थीले उत्तीर्ण हुने मापदण्ड अर्थात्‌ ग्रेडशिट प्राप्त गरेका छन्। गत वर्षको तुलनामा यो तीन प्रतिशतले बढी भएको मङ्गलवार परीक्षाफल सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। बोर्डका अनुसार यो वर्ष ननग्रेडेड परीक्षार्थीको सङ्ख्या ४९.०९ प्रतिशत रहेको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई परीक्षा दिएकामध्ये झन्डै आधा विद्यार्थी पहिलो...
Published 08/15/23
नेपालमा सन् २०२३ शुरू भएयता अहिलेसम्म १३,००० जनाभन्दा बढी व्यक्ति डेङ्गीबाट सङ्क्रमित भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। लामखुट्टेको टोकाइबाट हुने डेङ्गी सङ्क्रमणबाट हालसम्म १० जनाको ज्यान गएको तथ्याङ्क छ। मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म ७४ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएकोमा सबैभन्दा धेरै कोशी प्रदेश प्रभावित भएको छ। यसै सन्दर्भमा गनी अन्सारीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीलाई सबैभन्दा पहिला अहिलेको सङ्क्रमण दरले के सङ्केत गर्छ भनेर सोधेका छन्।
Published 08/14/23
शैक्षिक प्रमाणपत्र किर्तेसम्बन्धी आरोपमा पक्राउ परेका सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा पक्राउ परेको भोलिपल्ट थुनामुक्त भएका छन्। कांग्रेस संसदीय दलको बैठकमा शर्माको गिरफ्तारीप्रति चर्को असन्तुष्टि जाहेर भएकै दिन उनलाई काठमाण्डू जिल्ला अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीवार पक्राउ गरेको थियो। अदालतको आदेश आउनुअघि शुक्रवार संसदीय दलको बैठकमा बोल्दै कांग्रेसका कतिपय सांसदले शर्मालाई पक्राउ...
Published 08/11/23
निजी क्षेत्रका विद्यालयलाई गुठीमा परिणत गराउने सरकारी योजनाबाट आक्रोशित बनेका देशभरिका निजी विद्यालय सञ्चालकहरूले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का खासगरी गुठीमा परिणत गराउने प्रावधानलाई लिएर विवाद चर्किएको हो। यसै सन्दर्भमा निजी क्षेत्रका विद्यालयहरूको सङ्गठन प्याब्सनका अध्यक्ष डीके ढुङ्गानासँग सञ्जय ढकालले गरेको कुराकानी।
Published 08/10/23
आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवाहरू भन्ने नाराका साथ आज अगस्ट ९ तारिखका दिन नेपालमा पनि विश्व आदिवासी दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएका छन्। नेपालको कानुनले आदिवासी जनजातिलाई आफ्नै मातृभाषा र परम्परा तथा रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदायको रूपमा व्याख्या गरेको छ। यसै सन्दर्भमा आदिवासी जनजाति आयोगकी सदस्य रिना रानासँग विनिता दाहालले गरेको कुराकानी।
Published 08/09/23
देशका विभिन्न भागमा अविरल परेको पानीका कारण केही मानवीयसहित भौतिक क्षति भएका छन्। वर्षाका कारण हुने प्रकोपको जोखिम न्यूनीकरण गर्न सरकारले नियमित जानकारी प्रवाह गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामाजिक सञ्जालमार्फत् मौसमी अवस्थाबारे जानकारी, त्यसको विश्लेषण तथा पूर्वानुमानहरूबारे जानकारी दिइएको उसले उल्लेख गरेको छ। कतिपय राजमार्ग अवरुद्ध हुँदा हजारौँ मानिसले यात्रामा सास्ती खेपेका छन् भने तटीय क्षेत्र आसपास घर भएकाहरू बाढीले पुर्‍याउन सक्ने क्षतिका कारण त्रासमा छन्। यसै सन्दर्भमा...
Published 08/08/23
आँखा पाक्ने समस्या भएका बिरामीहरू अहिले सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूमा समेत गरी देशैभर देखिन थालेको चिकित्सकहरूले बताएका छन्। यस समस्याका कारण विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् भने कतिपय स्थानमा अस्पतालको चाप थामिनसक्नु भएको जानकारहरू बताउँछन्। आम रुपमा भनिने आँखा पाक्ने समस्या भनेको के हो? त्रिवि शिक्षण अस्पताल आँखा विभागकी सह प्राध्यापक डाक्टर रञ्जु खरेल सिटौलासँग स्वेच्छा राउतले गरेको कुराकानी।
Published 08/07/23
प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो सातालाई विश्व स्तनपान सप्ताहका रूपमा मनाइन्छ। यस वर्ष “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरूको प्रतिबद्धता” भन्ने नारासहित यो सप्ताह मनाइँदै छ। यसै विषयमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित बालरोग विभागकी प्रमुख डा. सुधा बस्नेतसँग स्तनपानको महत्त्वबारे विनिता दाहालले गरेको कुराकानी।
Published 08/04/23
गत जुलाई २० तारिखमा भारत सरकारले बासमती बाहेकका सेता चामलको निर्यात बन्द गर्ने घोषणा गर्‍यो। त्यसले अन्तर्राष्ट्रिय बजारमा १५ प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने चर्चा चल्न नपाउँदै नेपालका खुद्रा पसलहरूमा त्यसका असर देखिन थालिसकेको पाइन्छ। उत्पादकहरूले चाहिँ अहिले धान, चामलको भाउ नबढाएको बताएका छन्। खुद्रा व्यापार सङ्घका अनुसार भारतले निकासी रोक्न लाग्यो भन्नासाथ थोक व्यापारीहरूले भाउ बढाइदिएका छन्।यसै सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग सञ्जय ढकालले कुराकानी गरेका छन्।
Published 08/02/23
परराष्ट्र मन्त्रालयले आज एउटा विज्ञप्ति निकाल्दै सन्धिसम्झौता भएका बाहेक देशको सेनामा काम गर्न नजान भन्दै अनुरोध गरेको छ। युक्रेनमाथि हमला गरिरहेको रुसको सेनामा नेपालीहरू भर्ना भएका भन्ने समाचारहरू आइरहेका बेला सरकारले यस्तो विज्ञप्ति जारी गरेको हो। यसै सन्दर्भमा परराष्ट्रमन्त्री एनपी साउदसँग विनिता दाहालले गरेको कुराकानी।
Published 08/01/23
बहुचर्चित सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उक्त प्रकरणको अनुसन्धानका लागि एउटा छुट्टै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ। समिति नबन्दासम्म संसद् चल्न नदिने बताएको एमालेका प्रमुख सचेतक पदम गिरीसँग विनिता दाहालले गरेको कुराकानी।
Published 07/31/23
अहिले देशैभर प्रकोप बनेर फैलिएको लम्पी स्किन रोगको व्यथाले पशुहरू बिरामी र मृत्यु नै हुँदा पशुपालकहरू ठूलो मारमा परेका छन्। मुख्य आर्थिक स्रोत नै बस्तुभाउ भएका घरमा गाईभैँसी लम्पी स्किनका कारण बिरामी हुँदा उनीहरू निकै चिन्तित बनेका छन्। यो रोग नियन्त्रणका लागि सरकारले कसरी काम गरिरहेको छ र खोपको व्यवस्थापन के छ भन्नेबारे पशुसेवा विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालसँग सञ्जय ढकालले गरेको कुराकानी।
Published 07/28/23
पानीमा डुब्नबाट रोकथामका लागि आज विश्व दिवस। खोला तर्ने क्रममा, पौडी खेल्ने क्रममा र खाल्डाखुल्डीमा परेर नेपालमा बर्सेनि थुप्रै सङ्ख्यामा बालबालिकादेखि वयस्कको मृत्यु हुने गरेको तथ्याङ्क छ। आफ्नो वरपर भएका खाल्डाखुल्डी, पोखरी वा पानी जमेका ठाउँहरूमा बालबालिकालाई जोगाउन सके त्यस्ता मृत्युका घटनामा धेरै हदसम्म कमी आउने विज्ञहरू बताउँछन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्कासँग विनिता दाहालले गरेको कुराकानी।
Published 07/27/23
राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभाबाट पारित भएको मिटरब्याज पनि भनिने अनुचित लेनदेनसम्बन्धी मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ। शुरूको विधेयकमा थपघट गरी प्रतिनिधिसभाले पारित गरेपछि आन्दोलन नरोकेका पीडितहरू राष्ट्रियसभाको कदमपछि थप असन्तुष्ट बनेका छन्। देशको विभिन्न जिल्लाका मिटरब्याज पीडितहरू महिनौँदेखि काठमाण्डूमा आन्दोलन गरिरहेका छन्। विधेयक पीडितको पक्षमा नभइ ऋण दिने ऋणदाताको पक्षमा भएको उनीहरूले बताएका छन्।...
Published 07/27/23
सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले छानबिनको विषय उठाउँदै बुधवार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले त्यो नभएसम्म संसद्‌ चल्न नदिने अडान लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले तस्करीबारे छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ। अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सुन तस्करी प्रकरणको जरोसम्म पुग्नुपर्ने धारणा राखेको छ। तर सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रका एक नेताले सो प्रकरणलाई...
Published 07/26/23
पानीमा डुब्नबाट रोकथामका लागि आज विश्व दिवस। खोला तर्ने क्रममा, पौडी खेल्ने क्रममा र खाल्डाखुल्डीमा परेर नेपालमा बर्सेनि थुप्रै सङ्ख्यामा बालबालिकादेखि वयस्कको मृत्यु हुने गरेको तथ्याङ्क छ। आफ्नो वरपर भएका खाल्डाखुल्डी, पोखरी वा पानी जमेका ठाउँहरूमा बालबालिकालाई जोगाउन सके त्यस्ता मृत्युका घटनामा धेरै हदसम्म कमी आउने विज्ञहरू बताउँछन्। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्कालाई नेपालमा बर्सेनि डुबेर कति मानिसको मृत्यु हुने...
Published 07/25/23
महिलामा देखिने पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा एक वर्षमा २,५०० देखि ३,००० महिलाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ। सरकारले यसलाई न्यूनीकरण गर्न यो वर्षको बजेटमा पनि महिलामा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विस्तार गर्ने घोषणा गरिएको छ। पाठेघरको क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस अर्थात् एचपीभी खोप कार्यक्रम विभिन्न जिल्लामा सञ्चालन गरिरहेको सरकारले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)सँग थप खोप मगाएको...
Published 07/25/23
झन्डै १०० केजी सुन तस्करीको अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले गरिरहँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यसमा अग्रसरता लिएका छन्। उनले विमानस्थलको पनि अनुगमन गरेका छन्। ठूलो मात्राम सुन तस्करीको यो ताजा विषयलगायत पछिल्लो समय बहुचर्चित ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि अनुसन्धान भइरहेको छ। पछिल्ला यी दुई प्रकरण प्रहरीको अनुसन्धानकै क्रममा रहँदा यसै साता १०० केजी सुन तस्करीको प्रकरणलाई लिएर कुन तहका मानिसहरूसम्मको संलग्नता...
Published 07/21/23
भारतको रक्सौलदेखि काठमाण्डूको खोकनासम्म बन्ने भनिएको अन्तरदेशीय रेलमार्गसम्बन्धी प्रतिवेदन भारतले तयार गरेर नेपाललाई सुझावका लागि दिएको छ। उक्त प्रतिवेदन अनुसार रेलमार्ग करिब १४१ किलोमिटरको हुने र त्यसमध्ये करिब ४०/४१ किलोमिटर सुरुङमार्ग बनाउनुपर्ने उल्लेख छ। प्राविधिक पक्ष विश्लेषण गरिएको उक्त प्रतिवेदनको अध्ययन अब भौतिक पूर्वाधार मन्त्रालय र रेल विभागले गरेर त्यसको प्रतिक्रिया भारतलाई दिनुपर्नेछ। यसै विषयमा हामीले रेल विभागका महानिर्देशक रोहितकुमार बिसुराललाई सम्पर्क गरी सुरुमा सोधेका छौँ,...
Published 07/21/23
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोकथाम गर्नका लागि सरकारले यो वर्ष वार्षिक कार्ययोजना बनाएर लागु गरेको छ। गत वर्ष बर्खायामको जुलाई, अगस्ट र सेप्टेम्बरमा गरी करिब ५४ हजार व्यक्तिमा डेङ्गीको सङ्क्रमण देखिएको थियो र डेङ्गीले महामारीकै रूप लिएको थियो। यो वर्ष अहिलेसम्म सरकारी तथ्याङ्क अनुसार करिब तीन हजार व्यक्तिमा डेङ्गी सङ्क्रमण देखिएको छ। सरकारले डेङ्गी लाग्नै नदिनका लागि यो वर्ष कार्ययोजना कार्यान्वयनमा लगेसँगै हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीलाई...
Published 07/20/23
नेपालमा सर्पको टोकाइबाट बर्सेनि सयौँ व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ। गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेकामा तीमध्ये २० प्रतिशत विषालु मानिन्छ। यसै सन्दर्भमा हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्पदंशविज्ञ डा. संजीव शर्मासँग गनी अन्सारीले गरेको कुराकानी।
Published 07/19/23
नेपालमा गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ। एउटा बाहेक देशका सबै जिल्लामा फैलिसकेको उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्‌ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ। यसै सिलसिलामा साथी गनी अन्सारीले परिषद्‌का प्रवक्ता मनोजकुमार शाहीलाई सम्पर्क गरि यति धेरै क्षति हुने आधार के के हो? भनेर सोधेका थिए
Published 07/07/23