अन्तर्वार्ता: चीन भ्रमणका बेला नेपालको नयाँ नक्साबारे कुरा उठ्छ?
Listen now
Description
नेपालका परराष्ट्रमन्त्री एनपी साउदले चीनले आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नसमेटेको विषयले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा कुनै न कुनै रूपमा प्रवेश पाउन सक्ने बीबीसीलाई बताएका छन्। चीनअगाडि प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाँदैछन्। त्यहाँबाट स्वदेश फर्किनुअघि उनी सिधै द्विपक्षीय भ्रमणका लागि चीन पुग्ने कार्यक्रम रहेको छ। उक्त भ्रमणका बेला चीनले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा नसमेटिएको कुरा उठ्नसक्ने परराष्ट्रमन्त्री साउदले बताएका हुन्। आउँदो साताबाट हुने दुई महत्त्वपूर्ण भ्रमणअगाडि नेपालको नयाँ नक्सा चीनले नसमेटेको विषय बाहेक नेपालमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने विषय पनि चर्चामा रहेको छ। यसै सन्दर्भमा परराष्ट्रमन्त्री एनपी साउदसँग राष्ट्रसङ्घीय महासभामा नेपालले यसपटक के कुरा उठाउँदैछ भनेर प्रदीप बस्यालले सोधेका छन्।
More Episodes
संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि...
Published 10/06/23
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग...
Published 09/29/23
नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो...
Published 09/26/23