अन्तर्वार्ताः नेपालमा प्रसारणलाइन निर्माणमा किन ढिलाइ हुने गर्छ?
Listen now
Description
नेपाललाई लोडशेडिङमुक्त देश घोषणा गरिए पनि झ्याप्पझ्याप्प बिजुली जाने अवस्था देखिन थालेको गुनासो पछिल्लो समय बढ्दै गएको छ। नेपालमा अत्यधिक बिजुली खपत हुने पीक आवरको माग २,००० मेगावाटभन्दा कम रहे पनि विद्युत् जडित उत्पादन क्षमता २,६८४ मेगावाट छ। प्रसारणलाइन विस्तार नभए उच्च मात्रामा विद्युत् उत्पादन हुने वर्षायाममा देशभित्रै गुणस्तरीय विद्युत् प्रवाह र विदेशमा व्यापार गर्न अब ठूलो समस्या हुन सक्ने नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईलाई हाल निर्माणाधीन प्रसारणलाइनहरूको महत्त्वबारे सोधेका छन्।
More Episodes
संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि...
Published 10/06/23
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग...
Published 09/29/23
नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो...
Published 09/26/23